चिकित्सकलाई विभेदीकण गर्ने स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी
स्वास्थ्यसचिव यादव कोइरालाले कोरोना संक्रमणबिरुद्धको लडाईमा सक्रिय चिकित्सकहरुलाई विभेदको भाषा प्रयोग गर्दै स्थायी, अस्थायी र करार भन्दै बोलेको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ ।
एक अन्तरवार्तामा सचिव कोइरालाले कोरोना संक्रमणका बारेमा अभिव्यक्ति दिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिनुभएको थियो ।
संघका महासचिव डा. बद्री तिवारीले एक विज्ञप्ति जारी गर्दै सचिव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाउँदै सो अभिव्यक्ति अशोभनीय र अभद्र भएको जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी(अस्थायी वा करार भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’
प्रतिक्रिया राख्नुहोस्