विराटनगरबाट काठमाडौं आएकालाई नागढुंगाबाट उतै फर्काइने
विराटनगरमा अलपत्र परेको भन्दै सरकारकै समन्वयमा त्यहाँबाट काठमाडौं ल्याइएका सयौं नागरिकलाई सरकारले उतै फिर्ता पठाउने भएको छ । विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको र त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो ।
तर प्रहरीले थानकोटमै रोकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको बताउँदै काठमाडौंमा मान्छे ल्याउने नीति नभएको र विरामी बाहेकलाई आउन नदिने बताउनुभएको छ ।
विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताउनुभएको छ । विराटनगरमा अलपत्र परेकाहरुलाई आइतबार राति विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो । उनीहरु सोमबार बिहान नागढ्ंगा आइपुगेका थिए।
तर सोमबार नै गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै केहीलाई उताबाट आएकै गाडीमा राखेर फर्काएको प्रहरीको भनाइ छ
प्रतिक्रिया राख्नुहोस्