जन सरोकार

बच्चाको झगडामा आमाबाबुको कुटाकुट- एक महिलाको मृत्यु

केटाकेट छिनमै झवडा गर्छन् र छिमै एक भएर खेल्छन् । तर तिनै केटाकेटीको झगडामा आमाबाबु सामेल हुन पुगे भने ठूला दुर्घटना हुनसक्छ भन्ने नबुझ्दा सर्लाहीमा महिलाको ज्यान गएको छ ।

समाचार हो सर्लाहीको । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो ।

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.