जल/वातावरण

कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु

भारतमा कोरोना संक्रमणको नयाँ लहरले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको देखिएको छ । ठूलो जनसंख्या भएको भारतमा १५ करोडभन्दा बढीले खोप लगाएका भए पनि त्यसको कुनै असर नदेखिएर दैनिक तीन लाखभन्दा बढी संक्रमित बढ्दै जाँदा नेपालको अवस्था पनि भयावहता तर्फ डोरिएको छ ।

एक हप्ताकोबीचमा नेपालमा २ सय ४१ प्रतिशतले संक्रमित बढेका छन् । त्यस्तै मृत्युदर पनिबढिरहेको छ । परीक्षणका क्रममा ३० प्रतिशतभन्दा बढी संक्रमण दर छ, यो अत्यन्त डरलाग्दो अवस्था हो । यदि सरकारले तत्काल ठोस निर्णय नगर्ने र नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइ गर्दै गए भारतको जस्तो भयावह स्थिति नेपालमा पनि देखा पर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

जनस्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुले दोस्रो लहरको कोरोना भाईरसको महामारी नेपालमा आइसकेको बताउँछन् । जुन गतिमा संक्रमित बढिरहेका छन् यहि तरीकाले सङक्रमण दर बढिरहे दुई महिनाभित्र दुई लाख बढी मानिसहरु सङक्रभित हुने धुलिखेल अस्पतालका स्वास्थ्य र समुदाय विकास कार्यक्रम निर्देशक डा. बिराजमान कर्माचार्य बताउनुहुन्छ ।

कर्माचार्यका अनुसार यदि सरकारले कुनै कदम नचाले दिनमा १५० जना कोरोना सङक्रमितको ज्यान जान सक्छ । त्यसैले सबैलाई सरकारले सतर्क राख्ने समय आईसक्यो ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालका कोरोना भाईरस संक्रमितको उपचार संयोजक शान्ताकुमार दासका अनुसार अस्पतालका आईसीयू, आइसोलेसन बेडहरु कोरोना सङक्रमणका बिरामीले भरिइसकेका र युवामा पनि यस्तो सङक्रमण हृदयविदारक हुन पुगेको र यही तरीकाले कोरोना दर दैनिक बढ्दै गैरहे नेपालको स्वास्थ्य अवस्था पनि भारतको जस्तै हुन्छ ।

उहाँ न सरकारले सङक्रमण नियन्त्रण गर्न लागिपरेको छ न जनता नै सचेत रहेको पाइयो भन्दै अवस्था नियन्त्रण बाहिर जान नदिन सरकारले रणनीति तयार गर्ने यो राम्रो समय मिलेको बताउनुहुन्छ ।

संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारी ठूला अस्पतालहरुका आईसियू र भेन्टिलेटर पनि भरिन लागेका र इमन्जेन्सी कक्षहरु पनि विरामीहरुले बुकिङ गरिसकेकाले उपचारका लागि बेडको अभाव भैसकेको बताउनुहुन्छ । उहाँ कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्न सुझाव दिंदै सचेत रहन आग्रह गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ महामारी सत्य हो र लकडाउनले मात्र यसलाई केह हदसम्म साम्य पार्न सक्छ । सरकारको प्रमुख लक्ष्य अर्थतन्त्र भन्दा जनताको जिउधनको सुरक्षा हुनुपर्दछ । त्यसैले सरकारले मुख्य शहरहरुमा कम्तिमा दुई हप्ता लकडाउन लगाउने र जारी गरेका आदेश नागरिकले पालना गरेर मात्र संक्रमण रोकथाम हुन सक्दछ ।

सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. भिमार्जुन पाण्डेयका अनुसार सरकार लगायत सबैले भारतबाट सिक्नुपर्छ । यो समय सरकारले आयातीत कुराहरुमा कडाई गर्दै सीमा नाकामा कडाई गर्नुपर्दछ । यदि कोही नागरिकले नियमहरु पालना नगरे कडा सजाय दिनुपर्दछ ।

भारतमा कोरोनाले महामारीको रुप लिएपछि रोजगारीका लागि त्यता गएका नेपालीहरु फर्कने क्रम बढिरहेको छ । तर सीमा नाकामा सुरक्षाको प्रभावकारी बन्दोबस्त नहुँदा संक्रमितहरु सिधै घर जाने गरेका छन् । भारतबाट फर्कनेहरु अधिकांश गम्भीर रुपमा संक्रमित भैसकेका पाइएको छ । भारतको दिल्लीबाट आउने ९० प्रतिशतमा कोरोना संक्रमण रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.