क्रिकेटखेल

आइपिएलमा राजस्थानको आठौँ जित, लखनउ ७ विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले आठौं जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा आठौ जित हासिल गरेको हो ।

आइपिएलमा राजस्थानको आठौँ जित

लखनउको घरेलु मैदान इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । उसका लागि केएल राहुलले ७६ तथा दीपक हुड्डाले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै आयुष बडोनी १८ र क्रुनाल पाण्डेय १५ रनमा अविजित रहँदा निकोलश पुरनले ११ रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, आभेश खान र रविचन्द्र आश्विनले समान १-१ विकेट लिए । लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि सन्जु स्यामसन र ध्रुव जुरेलले अविजित रहँदै ७१ र ५२ रनको अर्धशतकीय पारी खेले । यी दुईले तेस्रो विकेटको लागि १ सय २१ रनको अविजित साझेदारी गरेका थिए ।

यस्तै जोस बटलेर ३४ रन जोड्दा यश्स्वी जैसवालले २४ र रियान परागले १४ रन बनाए । जितसँगै राजस्थानले ९ खेलमा १६ अंक जोड्दै प्लेअफ नजिक पुगेको छ भने समान खेलमा १० अंक जोडेको लखनउ चौथों स्थानमा रहेको छ  ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.