विश्व समाचार

इरानको नयाँ शान्ति प्रस्तावसँग असन्तुष्ट राष्ट्रपति ट्रम्प

इरानले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य र आफ्नो परमाणु कार्यक्रमको विषयलाई वार्ताका लागि थाती राखेर गरेको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन्तुष्ट नरहेको समाचार छ ।

सोमबार ह्वाइट हाउसका कयौँ अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएअनुसार राष्ट्रपति ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावसँग सन्तुष्ट नभएको समाचार बाहिरिएको हो ।

रिपोर्टका अनुसार, राष्ट्रपति ट्रम्पले सोमबार दिउँसो ह्वाइट हाउसको ‘सिचुएसन रुम’ मा आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग इरानको यस प्रस्तावबारे छलफल गर्नुभएको थियो।

बैठकमा सहभागी एक व्यक्तिको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएअनुसार, विगत केही दिनमा अमेरिकालाई प्राप्त भएको इरानको यो प्रस्ताव ट्रम्पले स्वीकार गर्ने सम्भावना न्यून छ।

‘द न्युयोर्क टाइम्स’ सँग कुरा गर्दै एक अमेरिकी अधिकारीले बताएअनुसार, यो प्रस्ताव स्वीकार गर्दा ट्रम्पको हार भएको जस्तो देखिन सक्छ, किनभने राष्ट्रपतिले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने अडान राख्दै आउनुभएको छ।

सोमबार नै ‘फक्स न्युज’ सँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव “अपेक्षा गरिएको भन्दा राम्रो” भएको बताए तापनि जुनसुकै सम्झौताले तेहरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नै पर्ने कुरामा जोड दिनुभयो।

गत हप्ता ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता अमेरिकी सर्त र समयसीमा अनुसार नै हुने जिकिर गर्नुभएको थियो। उहाँले इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य गर्न वा लम्बिएको युद्धविराम र रोकिएको वार्ताका लागि कुनै “निश्चित समयसीमा” वा “समयको दबाब” नरहेको दाबी समेत गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.