प्रबास

बहराइनमा नेपालीलाई कोरोना संक्रमण बढ्दै : सचेत रहन दूताबासको आग्रह

विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा भन्दा नेपाल बाहिर रहेका नेपालीहरु बढी संक्रमित भएका छन् । अहिलेसम्म चार दर्जनभन्दा बढी नेपालीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या पनि हजारौं पुगेको छ ।

यसै क्रममा बहराइनमा नेपालीहरुमा स.क्रमण बढ्दै गएपछि त्यहाँस्थित नेपाली दूताबासले सतर्क रहन आवहान गरेको छ । दूताबासका अनुसार पछिल्लो समय थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ ।

दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.