स्वास्थ्य

थप पाँच हजार सात सय २७ जना संक्रमित ३३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ७ सय २७ जना नयाँ संक्रमित थप भएका छन् । संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ जना छ ।

बितेको २४ घण्टामा देशभर १५ हजार ३९१ जनाको आरटी–पीसीआर गर्दा ५ हजार ७२७ जना र ५२५ जनाको एन्टिजेट परीक्षण गर्दा ७० जना गरी कुल ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३८ हजार ८१३ जना आइसोलेसन र ५९ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.