क्रिकेटखेल

आईपीएलमा गुजरातको छैटौ जित, कोलकत्ता ७ विकेटले पराजित 

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सले छैटौ जित निकालेको छ । शनिबार भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा गुजरातले छैटौ जित निकालेको हो ।

गुजरात टाईटन्सको छैटौ जित

जारी प्रतियोगितामा कोलकत्ताको यो पाँचौं हार हो । कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । कोलकत्ताको लागि ओपनर रहमनउल्लाह गुर्बाजले ८१ रनको अर्धशतकीय पारी खेले भने आन्द्रे रसेलले १९ बलमा २ चौका तथा ३ छक्काको सहयोगमा ३४ रन बनाए । त्यस्तै  नारायण जगदिशन र रिंकु सिंहले समान १९-१९ रन जोडे भने वेंकटेस अय्यरले ११ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने जोसवा लिटिल र नूर अहमदको भागमा समान २-२ विकेट रह्यो ।  कोलकत्ताले दिएको १८० रनको लक्ष्य गुजरातले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातका लागि विजय शंकरले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले भने ओपनर शुभमन गिलले ४९ रन बनाए । यस्तै डेबिड मिलर ३२ रनमा अविजित रहँदा कप्तान हार्दिक पान्ड्याले २६ रन बनाए । कोलकत्ताका लागि हर्षित राणा, सुनिल नारेन र आन्द्रे रसेलले समान १-१ विकेट लिए ।

जितसँगै गुजरात आठ खेलमा छ जित र दुई हारका साथ १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा तीन जित र पाँच हारका साथ ६ अंक जोडेको कोलकत्ता सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.