अर्थ

विदेशमा बस्ने नेपालीलाई जलविद्युतमा हिस्सेदार बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्रमा विदेशमा बस्ने नेपाललाई हिस्सेदार बनाउँदै ३९ प्रतिशत शेयर पूँजी पुर्याउने गरी छलफल अघि बढेको बताउनुभएको छ ।

विद्युत् उत्पादन

सोमबार लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघहरुबीच समझदारीपत्रमा हस्ताक्षरको समारोहमा मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘रेमिट्यान्स’लाई सदुपयोग गर्दै जलविद्युत आयोजनामा साझेदारी बढाउने र विदेशमा बस्ने नेपालीलाई पनि जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।

“जलविद्युतको विकासमा गैरआवासीय नेपाली तथा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ, आयोजनाको कूल शेयर पूँजीको २९ प्रतिशत रहेकामा वैदेशिक रोजगारका लागि छुट्याउने गरी अब १० प्रतिशत शेयर पूँजी बढाउने लक्ष्य छ ।”

उहाँले भन्नुभयो, “विदेशी रोजगारीका लागि ३९ प्रतिशत, सरकारको ५१ प्रतिशत र १० प्रतिशत स्थानीयको शेयर पूँजी रहने गरी जलविद्युत् आयोजनामा लगानी गर्ने नीतिगत व्यवस्था गर्दैछौँ ।”

जलविद्युत् क्षेत्रमा ढुक्कका साथ लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उत्पादन, प्रसारण र वितरणका काम प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।

नेपालको जलविद्युत् विकासमा वैदेशिक रेमिट्न्सको भूमिका उत्तिकै रहेकाले उहाँले आम जनताको सहभागिता बढाउने गरी जनताको जलविद्युत् कार्यक्रमको खाका तय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.