जन सरोकार
रोल्पाको जंगलमा बम विस्फोट : चार बालबालिकाको मृत्यु
मुलुक कोरोना भाइसरको संक्रमणबाट जुधिरहेका बेला रोल्पामा बम विष्फोट भएको छ । जंगलमा भएको सो बिस्फोटमा परी गाईबाख्रा चराउन गएका चार बालबालिकाको मृत्यु भएको छ ।

जंगलमा छाडिएको बम बिस्फोटमा परी मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन् ।
५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको जानकारी दिनुभयो ।