स्वास्थ्य

आइतबार थपिए सात हजार २ सय ११ जना संक्रमित, २७ जनाको मृत्यु

आइतबार नेपालमा ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यस्तै वितेको २४ घण्टामा विभिन्न जिल्लामा २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना छ ।

२४ घण्टामा देशभर १६ हजार १ सय ४७ जनाको पिसीआर र परीक्षण गर्दा ७ हजार १ सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ जना पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.