क्रिकेटखेल

आईपीएलमा बैंगलोरको पाँचौं जित, लखनउ १३ रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित निकालेको छ ।सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई १३ रनले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा पाँचौं जित निकालेको हो ।

लखनउको घरेलु मैदान ऐकना स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४ रन बनाए भने विराट कोहलीले ३१ रन जोडे । त्यस्तै दिनेश कार्तिकले १६ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लखनउका लागि नभिन उल हकले ३ विकेट लिए भने रवि बिश्नोइ र अमित मिश्राको भागमा समान २-२ विकेट रह्यो । बैंगलोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो ।

लखनउका लागि कृष्नपा गौथमले २३ रन बनाए भने अमित मिश्राले १९ रन बनाए । त्यस्तै क्रुनाल पाण्डेय १४ रन बनाई आउट भए भने मार्कस स्टोईनेस र नभिन उल हकले समान १३-१३ रन जोडे । बैंगलोरका लागि जोस हेजलउड र कर्ण शर्माले समान २-२ विकेट लिए भने मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै बैंगलोर नौं खेलमा पाँच जित तथा चार हार सहित १० अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा पाँच जित र चारमा हार व्यहोरेको लखनउ १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.