प्रदेशसुदूरपश्चिम

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

मुख्यमन्त्री शाहले पाउनुभयो दुई तिहाइ सदस्यको विश्वासको मत

नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताउनुभयो ।

मुख्यमन्त्री शाहका अनुसार सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र त्यसपछि राष्ट्रिय राजनीतिमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार विस्तारमा ढिलाइ भएको र अब चाँडै प्रदेश सरकार गठन प्रक्रियाअघि बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.