जन सरोकार

थप कडाईका साथ काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म थपियो

जारी भएका सवारी पास रद्द, साँझ पसल खोल्न नपाइने, घरबाहिर निस्कन निषेध

वैशाख १६ गतेदेखि गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप कडाईका साथ वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै यसबीचमा पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म कायम गरिएको छ भने साँझ पसल खोल्न निषेध गरिएको छ ।

त्यसै गरी अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

त्यसै गरी बैठकले यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ भने कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.