यस्तो छ- जापानी अन्तरीक्ष यात्री नोगुचीको अन्तरीक्ष अनुभव
पृथ्वीमा अवतरणपछि आफू कुनै जलग्रहमा फर्केजस्तो भयो
जापानी अन्तरीक्ष यात्री नोगुची सोइचीले अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट पृथ्वीमा अवतरणपछि आफू कुनै जलग्रहमा फर्केजस्तो अनुभव भएको बताएका छन् ।
ओगुचीले पृथ्वीमा अवतरण गरेको चार दिनपछि बिहिबार पत्रकारहरुसंग कुरा गर्दै यानलाई पृथ्वीमा उत्रार्दा पानीमा अवतरण गरिएको हुँदा निकै कम झड्का लागेको र आफूलाई जलग्रहमा फर्किएको अनुभव भएको बताए ।
गत वर्षको नोभेम्बरमा अन्य तीन अन्तरीक्ष यात्रीसहित स्पेस एक्स क्रु ड्रेगन यानमा अन्तरीक्ष केन्द्र पुगेका थिए । अन्तरीक्षमा १ सय ६० दिनभन्दा बढी बसेका नोगुचीले शून्य गुरुत्वकार्षणमा विरुवा उमार्ने विभिन्न वैज्ञानिक प्रयोग गरेका थिए । उनले अन्तरीक्ष केन्द्रबाट बाहिर निस्केर सोलार प्यानलका लागि आवश्यक उपकरण समेत लगाएका थिए ।
नोगुचीले २४ अप्रिलमा अन्तरीक्ष केन्द्र पुगेका जापानका अर्का अन्तरीक्ष यात्री होशिदे आकिहिकोसंगको भेट अविस्मरणीय रहेको बताउँदै उनीसंगको केही दिनको बसाईले अन्तरीक्ष केन्द्रका कमाण्डरका रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न उनी हरसम्भव कोसिस गर्ने बताए । अन्तरीक्षमा दुई जापानी यात्र एकसाथ भेटिएको ११ वर्षपछि पहिलोपटक हो ।
प्रतिक्रिया राख्नुहोस्