राजनीति

भारतले नेपालसंग क्षमायाचना गर्नुपर्छ : साझा पार्टी

साझा पार्टीले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस घटनामा भारतले माफी माग्नुपर्ने बताएको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार एक विज्ञप्ति जारी गरी धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकोमा त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दै माफी माग्नपर्ने बताइएको हो ।

विज्ञप्तिमा भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ। यो स्पष्टतस् भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना भएको ठहर गर्दै भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् रहेको पनि बताइएको छ ।

भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै विज्ञप्तिमा आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.