राजनीति

नेपाली भूमि कब्जा गर्ने कार्य सैह्य नहुने तरुण दलको चेतावनी

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबारसम्म सडक बनाएर उदघाटन गरेपछि नेपाल तरुण दलले आपत्ति जनाउँदै सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै तरुण दलले नेपाली भूमि बाह्य मुलुकले हस्तक्षेप गर्दा नेपाली जनताका लागि सैह्य नहुने चेतावनी पनि दिएको छ।

शनिबार नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सह्य नहुने चेतावनी दिनुभएको छ ।

विज्ञप्तिमा भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोबर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै यस्तो संवेदनशील विषयमा पनि कूटनैतिक पहल नगर्दा सरकारको लाचार शैली र चरित्र उदांगो भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.