राजनीति

काठमाडौंमा जल्यो ओली-मोदीको पुतला, ३० जना पक्राउ

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालमा व्यापक आक्रोश उत्पन्न भैरहेको छ । भारतीय हस्तक्षेपका बिरुद्धमा राजधानीका विभिन्न स्थानमा प्रदर्शन भैरहेका छन् र यसै क्रममा सोमबार नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ ।

राष्ट्रिय सीमा रक्षाा अभियानले लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा पुतला दहनसहित प्रदर्शन गर्ने क्रममा ३० जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको बताउनुभएको छ ।

ज्ञवालीले उनीहरुलाई पुतला दहन गरेको आरोपमा नभै लकडाउनको समयमा भिड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रष्टिकरण दिनुभएको छ ।

आइतबार पनि नयाँ बानेश्वरबाट १० जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू संसद चलिरहेकै बेला निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ ।

सीमा अतिक्रमण बिरुद्ध आवाज उठाउनु पनि गम्भीर अपराध हो ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.