स्वास्थ्य

कोरोना संक्रमणबाट एकै दिन दुई सय २५ जनाको मृत्यु

संक्रमणदर ४५ प्रतिशतको हाराहारीमा, २१ हजारको परीक्षण गर्दा नौ हजारमा पुष्टि

दुई दिनयता नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या यसरी बढेको छ कि यही दरमा बढ्दै जाँदा यसै हप्तामा दैनिक एक हजारभन्दा बढीको मृत्यु हुनसक्छ । सोमबार १३९ जनाको मृत्यु भएको थियो भने मंगलबार २२५ जनाको मृत्यु भएको छ, यो कीर्तिमान हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यसै गरी संक्रमितको संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी छ । मंगलबार सार्वजनिक गरिएको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार २१ हजार ३१६ नमुना परीक्षणमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौँमा २७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४/२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्‍चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्‍चिममा ४८, सिन्धुली र तनहुँमा ४७/४७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्‍चनपुरमा २८/२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५/१५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७/७ जना, बागलुङ र दैलेखमा ६/६ जना, म्‍याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २/२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्‍युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button