जल/वातावरण

एकैदिन २४ जनामा देखियो कोरोना : संक्रमितको संख्या एक सय ३४

नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ जना संक्रमित कपिलवस्तुका थिए भने ६ जना रुपन्देही र बर्दिया र सप्तरीका एकएकजना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लोपटक संक्रमितहरू कपिलवस्तुको यशोधरा ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरूष रहेका छन् । त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर ५ की ११ वर्षीय बालिका छिन् ।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ ।

यसअघि नै कपिलवस्तुका १८, १९, २४, ३०, ३१ वर्षका एक एक पुरूष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरूषमा संक्रमण भएको पुष्टि भएका थियो भने एक जनाको भने उमेर खुलेको छैन । सप्तरीका १८ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा संक्रमित संख्या १ सय ३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुनस्संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.