जन सरोकार

भारतका १५ शहरहरुमा रेलसेवा सुरु- सीमामा नेपालीको भीड, संक्रमणको त्रास अरु बढ्यो

भारतले राजधानी दिल्लीसहित १५ शहरहरुबाट प्रवासी कामदारलाई घर पठाउन भन्दै रेल सेवा संचालन गरेपछि नेपालमा त्रास बढेको छ । भारतका विभिन्न शहरहरुमा अलपत्र रहेका नेपालीहरु रेल चढेर सीमावर्ती क्षेत्रमा आउने क्रम अरु बढ्ने र कोरोना संक्रमणको त्रास झन बढेको छ ।

लकडाउनका कारण रोकिएको रेल सेवा मंगलबारबाट सुरु भएसंगै भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सन्चालनको तयारी भइरहेको छ ।

दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ । भारतका केन्द्रीय रेलमन्त्री पीयुष गोयलले प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४ य ६८ वटा रेल सन्चालन गरिएको जानकारी दिन्भएको छ ।

सीमा क्षेत्रमा तीन हजार
भारतले लकडाउन खुकुलो गरेसंगै नेपाल-भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएका छन् । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् ।
सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना रहेको देखिन्छ । यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित संयन्त्रले भारतका क्वारेन्टाइनमा समेत गरी ३ हजार ६५ जना मजदुर सीमामा रहेको खुलेको छ ।

मुम्बइमा ७ सय ५० दैलेखी अलपत्र

यसैबीच भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

‘भारत सरकारले हामीलाई कुनै प्रकारको सहयोग नगरेकाले नेपाल सरकारलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्छौँ’, पीडितको भनाइ उद्धृत गर्दै सुर्खेतका पत्रकार चिन्तामणि शर्माले जानकारी दिनुभयो । पीडितले आफूलाई भाइबरमार्फत गुनासो गरेको शर्माले बताउनुभयो ।

दैलेखको दुल्लू र भैरवी क्षेत्रका कामदार भारतमा अलपत्र परेको तथ्याङ्क नामसहित उल्लेख गरिएको छ । ‘हामीसँग भएको सबै खानेकुरा सकिएको छ, हाम्रो उद्धार गरी नेपाल फर्काउन पहल गरिदिनुप¥यो’ पीडितले आफूलाई फोन र सामाजिक सञ्जालमार्फत खबर गरेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

नगरप्रमुख भण्डारीले केन्द्र सरकारले सीमानाकासम्म ल्याउन सहयोग गरिदिए गाउँ नै खाली गरेर भए पनि आफना पालिकाका जनतालाई राख्ने व्यवस्था मिलाउन सकिने बताउनुभयो । जनता आपतमा परेको जानकारी पाउनेबित्तिकै उद्धार तथा अन्य सहयोगका लागि आफूले प्रदेश, केन्द्र सरकार र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।
तत्कालका लागि केन्द्र सरकारले भारतीय दूतावासमार्फत खाद्यान्नको जोहो मिलाउन पहल गरिदिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताउनुभयो । “समस्यामा परेको जानकारी पाउनासाथ मन्त्रालयलाई चिठ्ठी लेखेको छु, निर्देशन हुनासाथ देशभित्र ल्याएर १४ दिन क्वारेन्टाइनमा राखिने छ”, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भन्नुभयो । नेपाल फिर्ता गर्न सम्भव नभए त्यहीँ खानेबस्ने व्यवस्था गरिदिन अलपत्र व्यक्तिहरुले माग गरेका छन् ।

दुल्लू नगरपालिकाका मदन बम, सन्तोष गिरी, वसन्त रोकाय, पुण्यराज रोकाय, ओम पोखरेल, वीरबहादुर भण्डारी, नेपाल जनसम्पर्क समितिका गोविन्द थापा, सुशील थापा, नरेश थापा, दिल्ली खनाल, गोविन्द नेपाली, अमर नेपाली, धर्म नेपाली, राजु नेपालीलगायत ७५० अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा उनीहरुले सूची सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.