जन सरोकार
लकडाउनमा समाचारको खोजी- वीरगञ्जमा चारजना पत्रकार कोरोना संक्रमित

नेपालमा हालसम्म कोरोना संक्रमित भएकाहरुमध्ये अधिकांश विदेशबाट आएका र उनीहरुबाट स्थानीय सर्वसाधारणलाई सरेको पाइए पनि वीरगञ्जमा भने पत्रकारहरुलाई संक्रमण भएको पुष्टि भएको छ ।
मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चारजना पत्रकार नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टि गर्नुभएको छ ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्