जन सरोकार

प्युठानको क्वारेन्टाइनमा बसेका एघारजनामा आरडिटी पोजेटिभ

प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनामध्ये ११ को आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.