जल/वातावरण

धनुषामा थप दुईजनामा संक्रमण- संख्या पुग्यो दुई सय १९ : भक्तपुरकी संक्रमित आरोग्य अस्पतालकी नर्स

नेपालमा कोरोना भाइरस विदेशबाट आएकाबाट समुदाय र समुदायहुँदै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत पुगेको छ । मंगलबार पत्रकार, नर्स र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार दिउँसो कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो भने भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ ।

समाचार अनुसार सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।

यसै गरी बुधबार विहान धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.