राजनीति

जब पूर्व राजाको सवारी पास गृह मन्त्रालयले खारेज गर्‍यो

झापाबाट काठमाडौं आउन लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको सवारी पास गृहमन्त्रालयले खारेज गरिदिएको छ । पूर्व राजदम्पत्ति झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय झापाले पासा जारी गरे पनि गृहमन्त्रालयले प्रक्रिया नपुगेको भन्दै खारेज गरिदिएको छ ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेपछि प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताउनुभयो । पूर्वराजा शाहले सवारी पास लिनुको कारणमा काठमाडौं जाने भन्नेमात्रै उल्लेख गर्नुभएको छ ।

प्रजिअ मगरले भन्नुभयो ‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो । हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो । अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं ।’

अहिले पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था छ । सोही अनुसार प्रकृया नपुगेपछि गृहले खारेज गरिदिएको हो भने फेरि प्रशासनले गृहसँग अनुमति लिन प्रकृया थालिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.