बहुमतको सरकार दावी पेश नभएपछि सबैभन्दा ठूलो दलको हैसियतमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमाा नियुक्त हुनुभएको छ । वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि स्वतः पदमुक्त हुनुभएका ओलीलाई दलहरुले बहुमतको सरकारको दावी गर्न नसकेपछि अल्पमतको सरकारका प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको शपथग्रहण शुक्रबार हुनेछ ।
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।
प्रतिक्रिया राख्नुहोस्