एन आर एन न्युज

कोरोना महामारीकाबीच गठन भयो एनआरएनए टर्की शाखा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्ष समेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

एनआरएनए

टर्कीमा हजारौँको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि सहयोगका लागि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन गरिएको हो ।

समितिले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल गरी कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीलाई सहयोगका लागि पहल गर्ने निष्कर्ष निकालेको एनआरएनएकोे ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिनुभयो ।

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

‘टर्की नेपाली समाज’ले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.