एन आर एन न्युज

‘डायस्पोरा बण्ड’ सुरु गर्नुभन्दा पहिला विगतको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

गैर आवासीय नेपाली संघका उपाध्यक्ष लोकप्रसाद दाहालले सरकारले १ खर्ब रुपैयाँको डायस्पोरा बण्ड ल्याउने योजना सार्वजनिक गरे पनि विगतका अभ्यासहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार धारणा सार्वजनिक गर्दै उपाध्यक्ष दाहालले विगतमा वैदेशिक रोजगारी बचत बण्डमा देखिएको न्यून सहभागिताका कारण यसपटक विश्वासिलो र आकर्षक लगानी मोडलको खाँचो महसुस गरिएको उल्लेख गर्नुभएको छ ।

विगतको समीक्षा आवश्यक रहेको बताउनुभऋएका दाहालले सानादेखि ठूला लगानीकर्ता र विदेशी पासपोर्टधारी नेपाली समेतलाई समेट्ने गरी ‘सामूहिक लगानी कोष’को अवधारणा अघि पनि सार्नुभएको छ ।

जलविद्युत, पूर्वाधार, कृषि र पर्यटन जस्ता क्षेत्रमा लगानी गरी विदेशमा रहेको १०० खर्बभन्दा बढीको आर्थिक सम्भावनालाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने प्रबल सम्भावना रहेको चर्चा गर्दै दाहालले अब सरकार, एनआरएनए र निजी क्षेत्रबिचको दरिलो सहकार्य नै डायस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्ने उल्लेख गर्नुभएको छ ।

यस्तै, एनआरएनएको पछिल्लो एकता र बलियो सरकार निर्माण भएकाले डायस्पोरामा नयाँ आशा र उत्साहको सञ्चार गरेको पनि उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाल सरकारले पनि एनआरएनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद पनि दिएका छन् ।

सरकारले प्रतिबद्धता पत्र मार्फत हालै डायस्पोरालाई लक्षित गर्दै वार्षिक १ खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ ल्याउने घोषणा गरेको थियो । गैर आवासीय नेपाली संघको तथ्याकं अनुसार अहिले पनि विदेशमा ८० लाख नेपाली रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.