जन सरोकार

प्रेस पासको दुरुपयोग भए कारवाही गर्ने काउन्सिलको चेतावनी

प्रेसपास र ज्याकेट लगाएर तस्करी समेत हुन थालेको पाइएपछि कारवाही गरिने

कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाको क्षेत्रमा परिभाषित गर्दै संचारकर्मीलाई आवागमनमा कुनै रोकतोक नगर्दा विभिन्न संचारमाध्यमबाट जारी गरिएका परिचयपत्रको व्यापक दुरुपयोग हुन थालेको छ ।

प्रेसपास र ज्याकेट लगाएर तस्करी समेत हुन थालेको पाइएपछि प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक कार्य नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.