स्वास्थ्य

९ हजार २ सय ४७ संक्रमित, २ सय १४ जनाको मृत्यु

४ लाख ६४ हजार २ सय १८ संक्रमितमध्ये ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त

सोमबार पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । यसै अवधिमा २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । त्यस्तै ९ हजार २ सय ४७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.