जन सरोकार

विना परीक्षण भारतबाट आएका तरकारीमा कोरोना संक्रमणको उच्च जोखिम

पछिल्लो समय मानिसको बढी भिडभाड हुने तरकारी तथा फलफूल बजारमा कोरोनाको उच्च जोखिम रहेको र व्यवसायीहरु संक्रमित भैरहेको पुटि भएपछि भारत तथा देशका विभिन्न स्थानबाट परीक्षण गरेर मात्र तरकारी भित्र्याउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

कोरोना भाइरस संक्रमणको माध्यम बन्नसक्ने फलफूल तथा तरकारी निर्वाध भित्रिदा जोखिम बढेको भन्दै आइतबार सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सरकारका नाममा सो अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीजस्ता वस्तुहरूमा पाइने विषादी र कोभिड–१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्नु ।” आदेशमा आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड–१९ को परीक्षण गरी वितरण गर्नाका साथै उत्पादन भएको उत्पादनलाई उपभोक्तासम्म पु¥याउन भनिएको छ ।

अधिवक्ता मणिराम उपाध्यायलगायतले कोरोना भाइरसको महामारीको समयमा पनि विदेशबाट निर्बाध रूपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड–१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.