अर्थ

कृषिमा आत्मनिर्भर र रोजगारी सिर्जना यन्त्रले हैन मानवश्रमले

कृषिमा मानव श्रमको अत्यधिक प्रयोग बेरोजगारी र खाद्यान्न समस्या समाधान

मुलुकमा बेरोजगारी समस्या चुलिंदै गएको अवस्थामा बेरोजगार युवायुवतीलाई कृषि श्रमिकका रुपमा रोजगारीको वातावरण बनाउने हो भने यसले दोहोरो लाभ दिनेछ । एकातिर खाद्यान्नमा आत्मनिर्भरताको बाटो खोल्नेछ भने अर्कातिर रोजगारी मिल्नेछ ।

हरेक विषयको बहुआयामिक पाटोबाट हेरेर योजना बनाउने हो भने त्यसको लाभ कुनै एक क्षेत्रमा मात्र नभएर अनेक क्षेत्रमा हुन्छ । त्यस्तै कृषिमा मानव श्रमको अत्यधिक प्रयोग पनि बेरोजगारी समस्या समाधान र खाद्यान्नमा परनिर्भरता कम गर्ने उपाय हो ।



कृषिमा अत्यधिक युवाहरुलाई रोजगारी दिंदै यन्त्रको न्यून प्रयोग गर्नुपर्छ । तर आधुनिकता र विकासको नाममा उपकरणहरुलाई मात्र भित्र्याएर विकास हुँदैन । अझ कृषिलाई त परम्परागत प्रणालीमै विकसित गर्नुपर्ने आवश्यकता तड्कारो छ । रैथाने सी, बीउको संरक्षण गर्दै कृषिको पद्धतिमाा मात्र सुधार गर्ने गरी तालिम आदिको व्यवस्था हुनुपर्दछ ।

तर विकासको नाममा, वृद्धिको नाममा मन्त्रीहरु दिएर एउटा चरण पार गरेपछि यन्त्रको उपयोग गर्दा यस दीगो आर्थिक विकासको खाका तयार गर्छ । यन्त्रकै प्रयोगका लागि पनि मानव श्रम त चाहिन्छ नै । तसर्थ पहिला कृषिमा युवायवतीहरुलाई व्यवसायी र श्रमिकका रुमिा स्थापित गर्ने योजना आवश्यक छ ।

वास्तविकता त के हो भने मुलुकको दुई तिहाई जनता आश्रित रहेको कृषिलाई अझै पनि सम्मानित पेशाका रुपमा स्थापित गराउन सरकारले कुनै भूमिका निर्वाह गरेको छैन । वितेको एक वर्षमा महामारीका कारण राजगारी गुमेर गाउँ फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्ने नारा मात्र घन्किए, योजना बनेन । यदि नारा जस्तै काम भैदिएको भए नेपालको आर्थिक वृद्धिमा नयाँ आधार नै खडा हुन्थ्यो ।

तर, खर्बपतिले पनि खाने, रोडपतिले पनि खाने एउटै अन्न उत्पादन गर्ने किसानहरु जहिल्यै अपमानित, शोषित भैरहनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म जतिसुकै फलाको हाले पनि त्यसको परिणाम शून्य नै हुनेछ । मनसुनमा निर्भर नेपालको कृषि अझै पनि गरीबीको पर्याय मानिन्छ । यो मान्यता हटाउन कृषिमा लाग्न चाहनेहरुलाई उच्च हौसला, सुविधा, उत्पादनको बजार व्यवस्था र वितरण प्रणालीका साथ कृषि श्रमिकलाई पनि औद्योगिक श्रमिककै हैसियतमा सुविधा दिने नीति ल्याउनुपर्छ ।

कृषिका नाममा विभिन्न राजनीतिक दलका भातृ संगठन खुलेका छन् । किसानको हकहितका लागि भन्दै उनीहरु सरकारबिरुद्धको आन्दोलनमा सडकमा उत्रन्छन्, तर दुई छाक पेटभरि खान नपाउने किसानको हित र अन्न उत्पादनमा श्रम गर्ने श्रमिकको हितका कुरा कहिल्यै प्राथमिकतामा परेको छैन । यसको विपरीत कृषिमा यन्त्रको उपयोग गर्नुपर्छ भन्दै मन्त्रीहरु भाषण छाट्छन् ।

के कृषिको विकास यन्त्रले मात्र हुन्छ कि यत्न पनि चाहिन्छ । बरोजगारहरुलाई रोजगारी दिने एउटा ठूलो क्षेत्रको वेवास्ता सरकारी तहबाटै भैरहेका बेला कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमाकुमारी अर्यालले कृषि क्षेत्रको विकास गर्न यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभएको छ ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)द्वारा आयोजित ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उहाँले कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०÷२५ प्रतिशत किसानको पहुँच रहेको बतााउनुभयो ।

एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजरायलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारी दिनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ भन्नुहुन्छ । नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै उहाँले कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताउनुभयो ।

इञ्जिनियर देवराज निरौलाले कृषिसँग इञ्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button