राजनीति

जसपामा महन्थ र उपेन्द्रबीच सहमति- ओली सरकारमा नजाने आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

जनता समाजवादी पार्टी (जसपा)को प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्नुपर्छ भन्ने पक्ष ओलीलाई साथ दिएको पक्षबीच मंगलबार सहमति भएपछि अल्पमतको सरकारलाई झड्का लागेको छ । नेकपा एमालेभित्र हुँदैगएको मिलन र जसपाले साथ दिने विश्वासका साथ एक महिनाभित्र विश्वासको मत लिने ओली योजना जसपाका निर्णयले धरापमा परेको छ ।

मंगलबार दुई खेमामा विभाजित जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था भएमा सरकार गठनमा अगाडि बढ्ने सहमति भएपछि पार्टी विभाजन पनि टरेको छ भने ओली सरकार धरमराएको छ ।

यसअघि यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भए पनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहँदै प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको थियो । सोही अनुसार ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।

विवाद उत्कर्षमा पुगिरहेका बेला पछिल्लो तीन दिनयता सहमतिका लागि भएका तीब्र प्रयास सफल भएको छ । सहमतिपछि अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।

जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ ।

यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ । संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.