नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । योसंगै उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।
काठमाडौँमा जारी आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डसँग जारी खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् । सन्दीपले ७३ खेलमा यो कीर्तिमान कायम गर्दा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ खेल खेल्दै १५० विकेट लिएका थिए ।
यसअघि सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गर्दै रशिद खानकोको कीर्तिमान पनि तोडेका थिए । रशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । सन्दीपले नेपाल १ अगस्ट २०१८ मा नेदरल्याण्ड्ससंग खेल्दै ओडिआईमा डेब्यु गरेका थिए ।





प्रतिक्रिया राख्नुहोस्