राजनीति

भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् (भिडियोसहित)

महानायक राजेश हमालले भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले नसहने भन्दै आफ्नो फेसबुक पेजबाट लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा लामो भिडियो सार्वजनिक गरेका छन् ।

अंग्रेजी भाषामा १५ मिनेटभन्दा लामो समयसम्म सीमाका विषयमा प्रवचन दिएका हमालले भिडियोमार्फत नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार नभएको र सो भूमि नेपालकै भएको र छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको दावी गरेका छन् ।

हमालले भनेका छन् नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरै थोरै केही माग गरेको छैन भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको छ । वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ ।

त्यसो त हमाले नेपाली शासकहरुको पनि आलोचना गर्दै भनृका छन् म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन ।

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2632851130263061/
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.