गुगलमा समेटियो नेपालको नयाँ क्षेत्रफल- गुगल सर्चको ट्रेडिङमा
बुधबार सरकारले सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राष्ट्रसंघमा पेश नगरिए पनि गुगलले भारतले अतिक्रमण गरेको भूमिसहितको क्षेत्रफल राखेको छ । नेपालको नयाँ क्षेत्रफल यतिबेला गुगल सर्चको ट्रेडिङमा रहेको छ ।
गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर उल्लेख गरेको छ ।
बुधबार भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक भएपछि भारतले त्यसलाई अस्वीकार गरेको बताए पनि नेपालको नयाँ सीमाना अन्तर्राष्ट्रियकरण भएको छ ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा नेपालको नयाँ क्षेत्रफल देखिन्छ । यसले नेपालका बारेमा जान्न चाहने जासुकैले नयाँ क्षेत्रफलबारे थाहा पाउनेछन् । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो ।