राजनीति

प्रधानमन्त्रीमा दावी पुग्ने भन्दै सर्वोच्च जाने तयारी

देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित बोलाइयो

१ सय ४९ जना सांसदको समर्थनसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आधार पेश गरे पनि राष्ट्रपतिबाट आधार नपुगेकोभन्दा संसद विघटन गरिदिएपछि यसबिरुद्धमा रहेका विपक्षी दलहरु सर्वोच्च अदालत जाने तयारीमा छन् ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाने र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।

तयारी पूरा भए आइतबार नै नभए भोलि सोमबार सर्वोच्च जाने उनीहरुको तयारी छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको तयारी पूरा हुनासाथ हामी सर्वोच्च जाने बताउनुभयो ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि सकेसम्म आइतबार सर्वोच्च अदालत जाने तयारीमा आफूहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.