अर्थ

नेपालका लागि चीनको सियानबाट सिगात्सेसम्म कार्गो रेल आउने

चीनबाट नेपालका लागि पहिलोपटक कार्गो रेल आउने भएको छ । सो रेल नेपालका लागि सामान बोकेर सिगात्सेसम्म आउने र त्यहाँबाट ट्रकमा काठमाडौं ल्याइनेछ ।

पहिलो खेपका रुपमा दुई दिनअघि पल्लो सान्सी राज्यको राजधानी सियानबाट चाइना रेल्वे एक्प्रेस सियान-काठमाडौं रूटको रेल छुटिसकेको छ ।

चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार नेपालका विभिन्न संस्था र व्यापारीले मगाएका सामानहरू बोकेर कार्गो रेल सिगात्सेका लागि गुडेको हो । सिगात्सेमा रेलबाट ल्याइएको सामान झारेर ट्रकबाट काठमाडौं ल्याइनेछ । सियानबाट हिँडेको सामान काठमाडौं पुग्न आठ दिन लाग्ने बताइएको छ ।

यसअघि ग्वान्जाओ र लान्जाओबाट पनि नेपालका सामान बोक्ने रेल सेवा सुरू भएका थिए । तर केही समयपछि बन्द भए । सियानबाट चाहिँ नेपालका लागि सामान बोकेर पहिलो पल्ट रेल गएको लम्सालले बताउनुभयो । तत्काललाई सातामा एक पटक सियानबाट रेल सिगात्से पठाउने उनीहरूको तयारी रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

सियान सिल्क रोडको एउटा महत्वपूर्ण बिन्दु हो । अहिले त्यहाबाट मध्य एसिया र पूर्वी युरोपलगायत पाँच रूटमा कार्गो रेलहरू गइरहेका छन् । त्यही सहरबाट दक्षिण एसियाका लागि (अहिलेलाई काठमाडौं) रेल सेवा चलाउने भनेर चिनीयाहरूले सुरू गरेका कार्यवाहक राजदूत लम्सालले बताउनुभयो ।

सियानबाट नेपाली बोर्डरसम्म सामान ल्याउन प्रतिकन्टेनर १६ हजार चिनियाँ युआन भाडा लाग्ने बताइएको छ । यो रूट दीर्घकालीन हुन्छ कि हुन्न भन्ने कुरा व्यापारीहरूलाई कत्तिको सहज लाग्छ भन्नेमा निर्भर रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.