राजनीति

प्रधानमन्त्रीले आवश्यकताअनुसार मात्र सम्बोधन गर्ने : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह कार्यव्यस्तताका कारण अहिले तत्काल औपचारिक सम्बोधनको कार्यक्रम नरहेको स्पष्ट पार्नुभएको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चाबारे सोध्दा मन्त्री पोखरेलले सरकार अहिले बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँका अनुसार, प्रधानमन्त्रीले भाषणभन्दा पनि कार्यसम्पादनलाई प्राथमिकता दिइरहनुभएको छ र आवश्यक परेमा मात्र उपयुक्त समयमा सम्बोधन हुने व्यवस्था गरिनेछ ।

यसअघि जेठ १५ गते टुँडिखेलमा हुने गणतन्त्र दिवस विशेष समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भएको थियो ।

विदेश भ्रमणसम्बन्धी प्रश्नमा मन्त्री पोखरेलले प्रधानमन्त्रीको भारतलगायत कुनै पनि देशको भ्रमण अहिले तय नभएको र उपयुक्त समयमा मात्र भ्रमण हुने स्पष्ट पार्नुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको सम्भावित विदेश यात्रासँग जोडेर गरिएको व्याख्या गलत भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.