राजनीति
स्वास्थमन्त्री ढकाल एकान्तबासमा कोरोना जाँच्न स्वाब निकालियो

नेपालमा पहिलोपटक उच्चतहका व्यक्ति क्वारेन्टाइनमा बस्नुपरेको छ- उहाँ हुनुहुन्छ स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । मन्त्री ढकाल मन्त्रीनिवा पुलचोकमा स्वयं एकान्तबास (क्वारेन्टाइन)मा हुनुहुन्छ ।
मन्त्री ढकाले भेट गर्नुभएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उहाँको कोरोना जाँच्न मंगलबार स्वाब कलेक्सन गरिएको छ ।
स्वास्थ्य सचिव यादव कोइरालाले बताएअनुसार उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ, पछि ती व्यक्तिमा कोरोना देखिएपछि उहाँको आज स्वाब लिइएको छ र अहिले पुलचोकस्थित निवासमै हुनुहुन्छ ।
सचिव कोइरालालकहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आउनुभएको भन्नेबारे केही बताउँदै मन्त्री ढकाललाई कोरोना लागेको भन्ने हल्लामात्र भएको जानकारी दिनुभयो ।