जल/वातावरण

थपिए एक सय ७० नयाँ संक्रमित, एकजनाको मृत्यु, कुल संक्रमित एक हजार २ सय १२

नेपालमा शुक्रबार कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६५ पुरुष र पाँच जना महिला सङ्क्रमण भेटिएको हो ।

शुक्रबार देखिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २१२ पुगेको छ । यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा सङ्क्रमण देखिएको हो । उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन् ।
यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सङ्क्रमित रहेका छन । सप्तरी राजविराजका २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन् । यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष सङ्क्रमित भेटिएका छन् ।

बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन् । पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन् । पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन् । यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन् ।

यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा सङ्क्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ । ती १७–४१ उमेर समूहका हुन् ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा सङ्क्रमण देखिएको छ । कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन् । यस्तै दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन् ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा सङ्क्रमण देखिएको छ । धनुषा खजुरीका ५० वर्षीया एक महिलामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका कपिलवस्तु यशोधराका २३ जना ७–५२ वर्ष उमेर समूह हुन् र उनीहरु सबै पुरुष हुन् ।

रौतहट राजपुरका ५६ जना २२–७० वर्षसम्मका रहेका छन् । तीमध्ये ५४ पुरुष हुन् र दुई जना चार महिनासहितका बालिका छन् । यस्तै, सर्लाही कौदेना मलङ्गवाका चार जना १९–३० वर्षका तीन पुरुष र एक महिला रहेका छन् । भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ ।

तीमध्ये कपिलवस्तुका १५ जना १७–४४ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै, रुपन्देही सैनामैनाका २७ वर्षीय एक पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा सङ्क्रमण देखिएको छ ।

दाङ गढवा गाउँपालिकाका दुई जना २८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु विजयनगरका नौ जना १७–५२ वर्षका पुरुष हुन् । अहिलेसम्म २०६ जना निको भई घर फर्केका छन् । यस्तै, पिसिआर ६४ हजार १५४ र आरडिटी एक लाख पाँच हजार ४८७ जनामा गरिसकिएको छ ।

एकको मृत्यु

प्रवक्ता देवकोटाले आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको बताउनुभयो । अर्घाखाँची भूमिस्थान घर भएका ३५ वर्षका ती पुरुषको भारतबाट नेपाल आउने क्रममा गत जेठ १० गते मृत्यु भएको हो । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृतकका नजिकका रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.