राजनीति

राष्ट्रपति भण्डारीद्वारा रुसी राष्ट्रपतिलाई खोप आपूर्तिमा सहजीकरण गर्न पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाउनु भएको छ ।

सरकारले रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको र सो खोपले नेपालमा प्रयोगका लागि आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गरिसकेको अवस्थामा खोप आपूर्तिमा सहजीकरण गर्न राष्ट्रपतिबाट पत्र पठाइएको हो ।

गत शुक्रबार मस्कोस्थितत नेपाली दूतावासलाई उपलब्ध गराइएको राष्ट्रपति भण्डारीले पठाएको पत्र दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खोप उपलब्ध गराउन राष्ट्रपतिको सक्रियता, अमेरिकी राष्ट्रपतिलाई पत्राचार

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.