स्वास्थ्य

चीन सरकारले दिने अनुदानको खोप मंगलबार आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीनन सरकारले अनुदानमा दिने कोरोना बिरुद्धको खोप मंगलबार आइपुग्ने भएको छ । सो खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ जाँदैछ । सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा उहाँले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरे अनुसार बेइजिङबाट ८ लाख डोज आउन लागेको हो ।

खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ । पछिल्लो समय नेपाल एयरलाइन्सले मेडिकल कार्गो उडान निमयति रूपमा गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.