खेलफूटबल

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

नेपालको महिला राष्ट्रिय फुटबल टोली पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको हो ।

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो ।

एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.