क्रिकेटखेल

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, ओपनिङको जिम्मेवारी विनोद र अर्जुनलाई

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी शृंखलाको आफ्नो तेस्रो म्याचमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको थियो । तर, आफ्नो दोस्रो म्याचमा नेपाल ओमानसँग निकै खराब प्रदर्शन गर्दै पराजित हुन पुग्यो ।

ओमानसंगको लज्जास्पद पराजयपछि आजको खेलमा नेपालले सुरुवाती ब्याट्सम्यान परिवर्तन गर्दै विनोद भण्डारी र अर्जुन कुमालसंगै चार परिवर्तन गरिएको छ ।

यूएई भने पहिलो खेलमा नेपालसँग पराजित भएपछि दोस्रो खेलमा ओमानलाई हराएर उच्च मानसिकतामा छ र नेपालविरुद्ध पनि जितको खोजीमा हुनेछ ।

नेपालको सुरुवात राम्रो हुन सकेको छैन । सुरुवाती ब्याटर अर्जुन ११ रन बनाएर आउट भएका छन् । त्यस्तै भीम सार्की शून्य रनमा आउट भैसकेका छन् । नेपाली टोलीमा आज करण केसी छैनन् भने कुशल भुर्तेल र आसिफ शेखको स्थानमा अर्जुन कुमाल र विनोद भण्डारी राखिएको हो ।

यसै गरी नन्दन यदावले पनि करण केसीको स्थानमा खेल्दैछन्। बसिर अहमद टोली नहुँदा ललित राजवंशी पनि आज टोलीमा छन्।

अर्जुन कुमाल, विनोद भण्डारी (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल -कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।

यसपटकको लिग २ मा नेपालको प्रदर्शन राम्रो छैन। सहभागी आठ टोलीमध्ये नेपाल २२ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौं स्थानमा छ। पुछारको युएईको १२ अंक छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.