जापान

पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी चयन

पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी चयन हुनुभएको छ । टोकियोमा आइतबार सम्पन्न समाजको छैठौ अधिवेशनले नयाँ अध्यक्षमा सुवेदीलाई चयन गरेको हो ।

त्यसै गरी तीन नयाँ उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफले चयन गरिएको छ भने महासचिवमा राम बस्तोला, सचिव बिनोद न्यौपाने र अनिल पन्त र कोषाध्यक्षमा बिमल न्यौपाने तथा सह कोषाध्यक्षमा कृष्ण भुषाल चुनिनुभएको छ ।

त्यसै गरी सदस्यहरूमा राजेन्द्र भुषाल, अर्जुनकुमार बसेल, बसन्तकुमार जोशी, अर्जुन तिवारी, बिकास पौडेल, संजीत सुनार, अर्जुन थापा चयन भए ।

त्यसैगरी कार्यस्मिति सदस्यहरूमा राम भुषाल, सागर सापकोटा, कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल, रबिन शर्मा, दिपक गुरुङ, राजु गौडेल, जीवन गुरुंङ, राजेन्द्र शर्मा, नारायण पौडेल र रमेशराज जैशी चयन हुनुभएको छ ।

भर्चुवल जुम प्रविधि मार्फ़त सम्पन्न अधिवेशनमा वक्ताहरुले आफू जन्मेको स्थान र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहे पनि आफ़नो सीप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.