राजनीति

कांग्रेस-एमाले भन्छन्- थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाउनुभएको छ ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यसै गरी नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँ नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।

एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.