जन सरोकार

स्वास्थ्य संस्था-स्वास्थ्यकर्मी सुरक्षा कानुन- कुटपिट गरे चारवर्ष जेल, दुई लाख जरिवाना

कोरोना महामारीका बेला जोखिम मोलेर संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि सरकारले कडा कारबाहीको प्रावधानसहित कानुन लागू गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ ।

अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघत पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय प्रस्ताव गरिएको छ । विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार मन्त्रालयले गरेको प्रस्तावमा बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ ।

सरकारले स्वास्थ्यकर्मीको माग बमोजिम धरौटीविना जेल चलान गर्नुपर्ने व्यवस्था पनि अध्यादेशमा गर्दैछ । तर सामान्य अवस्थामा जेल धरौटीको प्रावधान लागू हुने छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.