राजनीति

माधव नेपाल समूहको बैठक कुर्दै एमाले बैठक स्थगित

केही दिनदेखि लगातार स्थगित हुँदैआएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बिहिबार चार बजे आव्हान गरिएको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

यसबीचमा एमालेको एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ फर्कन सकरात्मक बनेको बताइएको छ ।

तर, नेता नेपालले बुधवार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने संकेत नदेखिएको र फेरी झुक्काउन खोजेको भन्दै वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताउनुभएको थियो ।

नेपाल–खनाल समूहले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन

बिहिबार नेपालपक्षको बैठकमा सहभागी नहुन एमालेले विज्ञप्ति जारी गरी निर्देशन दिएको थियो । एमालेले पार्टीले कारबाही गरेका व्यक्तिहरुले बोलाएको बैठक अनधिकृत हुने भएकाले त्यस्तो बैठकमा नजान निर्देशन दिए पनि नेपाल पक्षको बैठक बसेको छ ।

नेपाल पक्षको बैठकको निर्णय आएपछि एमाले स्थायी कमिटीको बैठक बस्ने र भावी रणनीति तय हुने छ । एक नेताका अनुसार माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको र त्यहाँ हुने छलफलका आधारमा स्थायी कमिटी बैठक बस्ने छ ।

संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि एमाले विभाजनको अन्तिम संघारमा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button